सर्वदलीय बैठकद्वारा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

सर्वदलीय बैठकद्वारा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौं : सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सामाजिक सद्भाव तथा संयमता कायम राख्न संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ।

बैठकपछि बोल्दै रास्वपा सभापति रवि लामिछानेले राजनीतिक मतभिन्नता भए पनि यस्ता संवेदनशील परिस्थितिमा सबै दलहरू एकै ठाउँमा उभिएको बताए। उनले सुनसरी घटनाबारे छिट्टै सबै दलको तर्फबाट शान्ति र सद्भावको संयुक्त अपिल सार्वजनिक गरिने जानकारी दिए।

लामिछानेले भने, "राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन् तर यस्तो बेला हामी एकै ठाउँमा उभियौं। सबै दलको एउटा अपिल छिट्टै आउँछ।"

सभापति लामिछानेका अनुसार यो बैठक दलहरूको तर्फबाट सरकारलाई शान्ति-सुरक्षा चुस्त बनाउन ध्यानाकर्षण गराउने उद्देश्यले समेत बोलाइएको हो। 

बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले आफ्नो धारणा र सुझाव राखेको सभापति लामिछानेले बताए। उनले सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बैठकमा सहभागी भएको जानकारी दिए।

साउन १३, २०८३ बुधबार ११:०६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।