पहिराले घर पुर्दा लमजुङमा बुबा-छोरीको मृत्यु, दुई घाइते

पहिराले घर पुर्दा लमजुङमा बुबा-छोरीको मृत्यु, दुई घाइते

गण्डकी : लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा पहिरोले घर पुर्दा एकैघरका बुबा र छोरीको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माका अनुसार आज बिहान खसेको पहिरोमा पुरिएर ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको हो।

घरमाथि रहेको नगरकुलो भत्किएपछि आएको पहिरोले धन्सारसहितको दुईतले कच्ची घर भत्काएको थियो।

पहिरोमा परी विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। विक परिवार स्थानीय विष्णुदत्त सुवेदीको घरमा बस्दै आएका थिए।

साउन १२, २०८३ मंगलबार १०:१४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।