निर्वाचन आयुक्तमा सिफारिस वाग्ले र सुब्बाको आज संसदीय सुनुवाइ

निर्वाचन आयुक्तमा सिफारिस वाग्ले र सुब्बाको आज संसदीय सुनुवाइ

काठमाडौं : निर्वाचन आयोगको रिक्त आयुक्त पदमा सिफारिस भएका गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको संसदीय सुनुवाइ मंगलबार हुँदैछ। 

संघीय संसद्को संसदीय सुनुवाइ समितिले मंगलबार बिहान बस्ने बैठकमा प्रस्तावित आयुक्तद्वयले आफ्नो योग्यता, अवधारणा, सोच र अनुभव प्रस्तुत गर्नेछन्। 

संवैधानिक परिषद्को गत असार १९ को बैठकले संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो। यस्तै, निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। समितिले यसअघि प्रमुख आयुक्त र आयुक्तविरुद्ध उजुरी आह्वान गरेको थियो। 

साउन १२, २०८३ मंगलबार ०८:०३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।