अब नागरिक एपबाटै देशभरको रगत मौज्दातको 'रियल-टाइम' जानकारी पाइने

अब नागरिक एपबाटै देशभरको रगत मौज्दातको 'रियल-टाइम' जानकारी पाइने

काठमाडौं : नागरिक एपमार्फत देशभरका विभिन्न रक्तसञ्चार केन्द्रहरूमा कुन समूहको रगत कति युनिट उपलब्ध छ भन्ने विवरण 'रियल-टाइम' मा हेर्न सकिने भएको छ।

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा उपलब्ध रगतको विवरण वास्तविक समयमा हेर्न सक्ने भएका हुन्।

यस सुविधामार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य सेवा पहुँचलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेवा नागरिक एपमा एकीकृत गरिएको हो।

यसबाट आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बिरामी तथा उनका आफन्तलाई आवश्यक जानकारी छिटो प्राप्त हुने, रक्त व्यवस्थापनलाई सहज बनाउने तथा रक्तसञ्चार सेवाको समन्वयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

असार ३०, २०८३ मंगलबार ११:०३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।