पहाडी र तराई भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं : मनसुनी वायुको प्रभावका कारण आइतबार देशभरका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
त्यस्तै सुदूरपश्चिमको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभाग नजिक रहेको छ।
आइतबार दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेश तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी प्रदेशको पहाडी भूभागको थोरै स्थान, मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आइतबार राति कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही र बाँकी हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका घेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा मधेश प्रदेश लगायत गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
असार २८, २०८३ आइतबार ०७:०३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।