शिव शिखर सहकारीका थप ९६ जना बचतकर्ताले पाए रकम

शिव शिखर सहकारीका थप ९६ जना बचतकर्ताले पाए रकम

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ। शिव शिखर सहकारीका थप ९६ साना बचतकर्ताले बचत फिर्ता पाएको समितिले जनाएको छ।

हालसम्म शिव शिखर सहकारीका एक हजार दुई सय १३ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। 

समितिका अनुसार हाल पहिलो चरण अन्तर्गत न्यून बचत रहेका साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर रकम फिर्ता भइरहेको छ। बाँकी बचतकर्ताहरूको हकमा पनि रकमको आकार अनुसार वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरीने समितिले बनाएको छ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ।

असार २७, २०८३ शनिबार १६:१६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।