दाह्रा काट्न खोजिएको 'ध्रुवे' हात्ती फेला परेन, नियन्त्रणका लागि निकुञ्जले खटायो २५ प्राविधिक
चितवन : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतंक मच्चाइरहेको हिंस्रक जङ्गली हात्ती 'ध्रुवे' अझै नियन्त्रणमा आउन सकेको छैन।
गत शनिबार भरतपुर-२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेलाई आक्रमण गरी मारेपछि निकुञ्ज टोली यसलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारीमा जुटेको छ।
हात्तीलाई नियन्त्रणमा लिन निकुञ्जले २५ जना अनुभवी प्राविधिक तथा जनशक्ति परिचालन गरे पनि ध्रुवे फेला पर्न सकेको छैन।
ध्रुवेले हालसम्म २५ जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जाले बताए। यसअघि वि.सं. २०७४ मा नेपाली सेनाका सेनानी (मेजर) को ज्यान लिएको ध्रुवेले नौ वर्षपछि पुनः आमाछोराको ज्यान लिएको हो।
असार २६, २०८३ शुक्रबार १२:३६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।