२४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा, १८ लाख रुपैयाँ राजस्व सङ्कलन

२४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा, १८ लाख रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ६६ जना सवारीचालक कारबाहीमा परेका छन्।

यस कारबाहीबाट राज्यकोषमा कुल १८ लाख ६० हजार ३० रुपैयाँ राजस्व दाखिला भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२२,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११४ जनालाई कारबाही गरिएको हो। 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४२, निषेधित क्षेत्रमा हर्न बजाउने ७४, सडकपेटीमा ‘पार्किङ’ गर्ने १०३, एकतर्फी सडकमा सवारी चलाउने ८९ र अन्य सवारी नियम पालना नगरेका एक हजार २३७ जनालाई कारबाही गरिएको हो।

असार २५, २०८३ बिहीबार १०:२८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।