चितवनमा हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु

चितवनमा हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु

चितवन : भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ।
 
जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो।

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो।

आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो।

असार २१, २०८३ आइतबार १०:२४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।