सरकारले भन्यो - ४६५ सुकुमवासी परिवारलाई राहत, १० सहकारीका १७ सय बढीको बचत फिर्ता
काठमाडौं : सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको जनाएको छ।
सय दिने कार्ययोजना कार्यान्वयन सम्बन्धमा जानकारी दिन शनिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले जोखिमयुक्त बस्ती व्यवस्थापनको प्रगति विवरण प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
सहरी विकास मन्त्रालयको गत ११ वैशाखको निर्णयअनुसार काठमाडौंका १७ वटा सुकुमवासी बस्तीहरूबाट कुल दुई हजार ६०८ परिवार विस्थापित भएका थिए। मन्त्रिपरिषद्को गत ५ जेठको निर्णयअनुसार विस्थापितमध्ये ४६५ सुकुमवासी परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिएको छ।
विस्थापनमा परेका परिवारमध्ये ३८८ परिवारलाई सरकारले विभिन्न 'होल्डिङ सेन्टर' मा राखेको छ। विस्थापितमध्ये बाँकी दुई हजार २२० परिवार भने हाल 'होल्डिङ सेन्टर' भन्दा बाहिर नै रहेका पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
होल्डिङ सेन्टरमा रहेका २ हजार ३८८ परिवार र बाहिर रहेका २२० परिवारमध्ये अहिलेसम्म १ हजार ४८८ परिवारले डिजिटल इन्ट्री गरिसक्नुभएको छ। सुरुवाती व्यवस्थापन तथा पुनस्र्थापनाबापत मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार २५ हजार रुपैयाँ उपलब्ध गराइँदै आएको छ। हालसम्म होल्डिङ सेन्टरमा रहेका २५४ परिवार र होल्डिङ सेन्टरबाहिर रहेका २११ परिवार गरी जम्मा ४६५ परिवारले राहत रकम प्राप्त गर्नुभएको छ,’ उनले बताए।
प्याकुरेलकाअनुसार डिजिटल अभिलेखीकरणपछि लाभग्राहीहरूको प्रमाणीकरण (भेरिफिकेसन) प्रक्रिया जारी रहेको छ
यस्तै, सरकारका प्रवक्ता सस्मित पोखरेलले संकटग्रस्त १० वटा सहकारी संस्थाका १ हजार ७५४ जनाको वचत फिर्ता गरिएको जानकारी दिएका छन्। ती सहकारीहरूबाट दुई करोड ६३ लाख ९० हजार बचत फिर्ता दिइएको समेत उनले जानकारी दिए।
असार २०, २०८३ शनिबार १७:४९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।