जनकपुरबाट पोखरा आउँदै गरेको बस हेटौँडामा दुर्घटना, नौ जना घाइते

जनकपुरबाट पोखरा आउँदै गरेको बस हेटौँडामा दुर्घटना, नौ जना घाइते

मकवानपुर : जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। हेटौँडा-वीरगन्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका- १५ को रातोमाटे चेक प्वाइन्ट नजिकै बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परेका यात्रुहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए। गम्भीर घाइते नौ जनालाई थप उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको छ। 

बसमा ३०-३५ जना यात्रुहरू सवार रहेको र अन्य यात्रुहरू सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

बस चालक धनुषाको जनकपुर उपमहापालिका ८ बस्ने वर्ष ५० को धनीराम विश्वकर्मालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

असार २०, २०८३ शनिबार १५:१९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।