आठ एआइजीको सरुवामा सिआइबी प्रमुख केसी पुगे अपराध अनुसन्धान विभाग

आठ एआइजीको सरुवामा सिआइबी प्रमुख केसी पुगे अपराध अनुसन्धान विभाग

काठमाडौं : मन्त्रिपरिषद् बैठकले आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गर्दै केन्द्रीय अनुसन्धान ब्युरोमा उमाप्रसाद चतुर्वेदीलाई ल्याएको छ। सिआइबीमा रहेका डा मनोज केसीलाई प्रहरी प्रधान कार्यालयमा रहेको अपराध अनुसन्धान विभागमा सरुवा गरेको छ।

बिहीबार बसेको बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआईजी सुशील सिंह राठौर र रानीपोखरीका एआईजी ईश्वर कार्कीलाई मानव स्रोत विभागमा सरुवा गरेको छ।

मानवस्रोत विभागका एआईजी राजन अधिकारी नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रतिष्ठानका एआईजी सिद्धिविक्रम शाहको कार्य विभाग, प्रदेश समन्वय विभागमा कार्यरत डम्बर विकको प्रशासन विभाग र प्रशासन विभागका हिमालय कुमार श्रेष्ठको प्रदेश समन्वय विभागमा सरुवा गरेको छ।

असार १८, २०८३ बिहीबार १९:०४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।