हेल्मेटविना बाइक चलाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कारबाहीमा, निवासमै पुगेर ट्राफिकले काट्यो चिट
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक नियम उल्लङ्घनको कसुरमा कारबाहीमा परेका छन्।
हेल्मेट नलगाई बुलेट बाइक चलाएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि ट्राफिक प्रहरीले उनलाई निवासमै पुगेर ५ सय रुपैयाँ जरिवाना तिराएको हो।
मुख्यमन्त्री शाहले निवास परिसरमा हेल्मेटविना बाइक चलाएको भिडियो उनका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले टिकटकमा पोस्ट गरेका थिए। मुख्यमन्त्री शाहले आफूले ट्राफिक नियम उल्लङ्घन गरेको गल्ती स्वीकार गरेका छन्।
कानुन सबैका लागि समान हुनुपर्छ भन्ने मान्यता राख्दै आफूले नै नियमअनुसार जरिवाना काट्न ट्राफिक प्रहरीलाई आग्रह गरेको मुख्यमन्त्री शाहले दाबी गरेका छन्।
असार १८, २०८३ बिहीबार १३:५३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।