पहिरोले दार्चुला र बैतडीका सडक अवरुद्ध, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह

पहिरोले दार्चुला र बैतडीका सडक अवरुद्ध, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह

खलङ्गा : दुई दिनको अविरल वर्षापछि दार्चुला र बैतडीका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

मंगलबार बिहान खसेको पहिरोका कारण दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ का दुई स्थान र बैतडीको गोकुलेश्वर–लटिनाथ सडक खण्डको एक स्थानमा यातायात पूर्ण रूपमा प्रभावित भएको प्रहरीले जनाएको छ। 

दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ।

गए राति परेको अविरल वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन रोकिएका छन्। 

प्रहरीले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जनाएको छ। वर्षा निरन्तर भइरहेकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

असार १६, २०८३ मंगलबार ११:०३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।