गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मगरको मृत्यु
बुटवल : प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना मगरको सडक दुर्घटनामा मृत्यु भएको छ।
स्वर्गद्वारी नगरपालिका- २ स्थित बाङ्गेसल्लामा शनिबार आफैँले चलाएको गाडी अनियन्त्रित भई सडकबाट तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार उपप्रमुख मगर चलाएको लु.प्र.०१-००१ झ ०००८ नम्बरको गाडी सडकबाट अन्दाजी ५०० मिटर तल खसेको थियो। दुर्घटनाका समयमा गाडीमा उनी एक्लै रहेको प्रहरीले जनाएको छ।
घटनाको पुष्टि गर्दै प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।
असार १३, २०८३ शनिबार १९:५२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।