म्याग्दीमा टिपर ब्याक गर्ने क्रममा ठक्कर दिँदा जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दीमा टिपर ब्याक गर्ने क्रममा ठक्कर दिँदा जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आयोजना क्षेत्रमा बाप्र ०१-००४ क १३७७ नम्बरको टिपर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदुरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा कञ्चनपुरको लालझाडी गाउँपालिका-४ का ३५ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल बेनी ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका-३ का ३० वर्षीय राजेश घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सार्कीको शव परीक्षणका लागि धौलागिरि अस्पताल, बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

असार १३, २०८३ शनिबार ११:००:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।