जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
जुम्ला : जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा आठ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ।
सवारी नियम उलङ्घन, मादकपदार्थ सेवनलगायतका कार्य गरेबापत चालकलाई गरिएको कारबाहीबाट सो परिमाणको राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक जगतबहादुर कठायतले जानकारी दिए।
यस अवधिमा जिल्लामा ६८ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जनाइको छ। पछिल्लो समयमा बढिरहेको सहरीकरणले जुम्लामा पनि सवारी साधनको चाप बढ्दै गएको ट्राफिक कार्यालय जुम्लाले जनाएको छ।
असार १२, २०८३ शुक्रबार १३:०२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।