भीरबाट खसेको ढुङ्गा लागेर डोजर चालकको मृत्यु
कालीकोट : कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा लाग्दा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीरबाट खसेको ढुङ्गा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो।
डोजर चलाइरहेका टमटाको घटनास्थलमा मृत्यु भएको हो।
असार ११, २०८३ बिहीबार १६:२९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।