सैन्य अभ्यासका क्रममा बम बिस्फोट हुँदा सैनिक जवानको मृत्यु, सह–सेनानी घाइते
कैलाली : लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा ‘ग्रिनेड’ विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
ग्रिनेड विस्फोट हुँदा सैनिक जवान हिमालविक्रम विष्टको मृत्यु भएको हो।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार ग्रिनेड विस्फोटमा गम्भीर घाइते भएका विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा घाइते भएका सह–सेनानी हेमराज जोशीलाई उपचारका लागि नेपालगञ्ज लगिएको बस्नेतले जानकारी दिए।
लम्कीचुहा नगरपालिका-३ स्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गे ब्यारेकमा अभ्यासको क्रममा ग्रिनेड बिस्फोट भएको हो।
असार ११, २०८३ बिहीबार १६:२०:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।