बजेट संशोधन नभए सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

बजेट संशोधन नभए सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्ता साझेदार दललाई बेवास्ता गरी एकलौटी ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै एमालेले असन्तुष्टि जनाएको छ। 

यथास्थितिमा बजेट पारित हुन नसक्ने भन्दै एमालेले संशोधन नगरिए सरकारबाट बाहिरिने भनेको छ। एमाले प्रदेश कमिटीको ११औँ बैठकले बजेट संशोधन नगरी पारित गर्ने प्रयास गरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय नै गरेको छ। 

यथास्थितिमा सरकारको समर्थन गर्न नसकिने र बजेटमा आवश्यक संशोधन अपरिहार्य रहेको एमालेकी प्रदेश उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रदेश कार्यालय धनगढीमा सम्पन्न बैठकमा प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।

असार ९, २०८३ मंगलबार १४:३२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।