काभ्रेमा दुई टिपरको बीचमा च्यापिएर जेसिबी सहचालकको मृत्यु

काभ्रेमा दुई टिपरको बीचमा च्यापिएर जेसिबी सहचालकको मृत्यु

काभ्रेपलाञ्चोक : काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए राति दुई वटा टिपरले च्यापिँदा बालुवा लोड गर्न प्रयोग हुने उपकरण जेसिबीका सहचालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा जेसिबीका सहचालक पाँचखाल नगरपालिका–८ होक्सेका १९ वर्षीय देवेन्द्र तामाङ रहेका छन्।

बा४ख ९८२५ नम्बरको टिपरमा बालुवा लोड गरी ब्याक गर्ने क्रममा सोही स्थानमा रोकी राखेको बा४ख ९९०९ नम्बरको टिपरको बीचमा च्यापिएर सहचालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए।

उनका अनुसार घटनापछि एक जना टिपरका चालक फरार छन् भने अर्का चालक प्रहरी नियन्त्रणमा छन्। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको विष्टले बताए। 

असार ८, २०८३ सोमबार १३:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।