तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

दुर्घटनामा चालक व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। 

उनका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गतिमा रहेको टिपरका चालकले नियन्त्रण गुमाउँदा टिपर दुर्घटनामा परेको थियो।

दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक अस्पताल पोखरामा उपचारको क्रममा आज मृत्यु भएको हो।

असार ८, २०८३ सोमबार ११:४३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।