ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन
काठमाडौं : बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा चार लाख ९४ हजार राजस्व दाखिला भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११० जनालाई कारबाही गरिएको हो।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६५, निषेधित क्षेत्रमा हर्न बजाउने ७१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी बाटोमा सवारी चलाउने ६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १४१ जनालाई कारबाही गरिएको हो।
असार ७, २०८३ आइतबार १०:०७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।