विपद् व्यवस्थापनमा सरकारको रणनीति : मन्त्रीको निरीक्षण होइन, उद्धारमा हेलिकप्टर परिचालन

विपद् व्यवस्थापनमा सरकारको रणनीति : मन्त्रीको निरीक्षण होइन, उद्धारमा हेलिकप्टर परिचालन

काठमाडौं : गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको बताएका छन्। 

बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार्यको तयारी सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतको अनुभवका आधारमा यसपटक विपद् व्यवस्थापनका लागि प्रभावकारी तयारी गरिएको बताए।

उनले विपद्को समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिइएको र विभिन्न टोलीहरू परिचालन गरिसकिएको जानकारी दिए। 

मन्त्री गुरुङले यसपटक मन्त्रीहरूको निरीक्षणभन्दा पनि जनताको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आवश्यक परे हेलिकप्टरसहितका स्रोत–साधन परिचालन गर्ने योजना रहेको बताए।

उनले भने, "विगत लामो समयदेखी यही क्षेत्रमा काम गरेको हुनाले यसमा पूर्वतयारी राम्रै छ। त्यस अनुसार सुरक्षा निकायहरु पनि खटाइएको छ। त्यसअनुसार भिन्न भिन्न टोलीहरुलाई पनि निर्देशन दिएका छौं। यसपटक मन्त्रीको निरिक्षण भन्दा पनि जनताको सुरक्षाको लागि हेलिकप्टरदेखी लिएर सबैकुराहरु खटाइने योजना बनाइरहेका छौं।" 

असार ४, २०८३ बिहीबार १४:०२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।