असार तेस्रो हप्तादेखि सुकुमवासीलाई लालपूर्जा वितरण गरिने

असार तेस्रो हप्तादेखि सुकुमवासीलाई लालपूर्जा वितरण गरिने

काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आगामी असारको तेस्रो हप्तादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गरिने जानकारी गराएकी छन्।

आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुमवासी समस्या समाधानका लागि सरकार नयाँ कार्ययोजनाका साथ लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन्।

"लालपुर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौं। अब असारको तेस्रो हप्तादेखि हामीले लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्नेछौं," मन्त्री रावलले भनिन्।

अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने समितिले सुकुम्वासी व्यवस्थापनको काम गर्ने र केन्द्रमा विज्ञहरूको समितिले काम गर्ने समेत उनले बताइन्। 

असार ३, २०८३ बुधबार १७:४४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।