एस्काभेटरले फालेको बालुवामा पुरिएर दाङमा एक मजदुरको मृत्यु
दाङ : दाङको देउखुरीमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ।
देउखुरीको कालाकाटे–सिक्टा हुलाकी सडक निर्माण कार्य भइरहेको स्थानमा काम गर्ने क्रममा गढवा गाउँपालिका–२ का ४५ वर्षीय लालमणि यादवको मृत्यु भएको हो।
बिटुमिन (अलकत्रा) तयार गर्ने ठाउँमा कोही नभएको ठानेर एस्काभेटर चालक अनिलकुमार थारुले बालुवा फालेका थिए। सोही एस्काभेटरले फालेको बालुवाले पुरिँदा यादवको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय गढवाका अनुसार घटनालगत्तै एस्काभेटर चालक थारुलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
जेठ ३०, २०८३ शनिबार १३:२४:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।