रोल्पामा सडक भाँसिँदा मिनी ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

रोल्पामा सडक भाँसिँदा मिनी ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

दाङ : रोल्पामा आज  बिहान  मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। 

माडी गाउँपालिका–१ पात्लेस्थित बल्ले–झिनुवा भित्री सडक खण्डमा सडक भाँसिँदा रा १ ख ३०४५ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो।

दुर्घटनामा परी सल्यानको बागचौर नगरपालिका–४ दुदिलाबोटका ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए।

 दुर्घटनामा ट्रक चालक घाइते भएका छन्।

बल्लेखोलाबाट आलु लिएर पोखरातर्फ जाँदै गरेको उक्त ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको थियो। 

जेठ २८, २०८३ बिहीबार १४:१३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।