दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, म सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट गरेको पुष्टि गर्न चुनौती दिएका छन्।
सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले विद्युतीय सवारी साधनमा कर बढ्दैछ भनेर सूचना चुहाएको आरोप प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार रहेको बताए।
“दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्। म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,” अर्थमन्त्री डा. वाग्लेले भने, “यस्तो नैतिक प्रतिबद्धता अरू राजनीतिकर्मीमा पनि छ?”
उनले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको भन्दै ट्याक्स बढ्दैछ भनेर सूचना दियो भन्ने आरोपलाई ‘ननसेन्स’ भनेर टिप्पणी गरे।
जेठ २८, २०८३ बिहीबार ११:५१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।