तराईदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

तराईदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसकै प्रभावका कारण बुधबार देशका अधिकांश भू-भागमा हल्का वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यसैगरी, मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा पनि वर्षाको पूर्वानुमान गरिएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने विभागले जनाएको छ।

जेठ २८, २०८३ बिहीबार ०७:००:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।