सांसदको प्रश्नमा प्रधानमन्त्रीको जबाफ : नेपालले पनि भारतको जग्गा मिचेको रहेछ, वार्तामार्फत सुल्झाउँछौँ

सांसदको प्रश्नमा प्रधानमन्त्रीको जबाफ : नेपालले पनि भारतको जग्गा मिचेको रहेछ, वार्तामार्फत सुल्झाउँछौँ

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सीमा विवाद केवल एकतर्फी मात्र नभई दुवै देशले केही स्थानमा एक–अर्काको भूमि अतिक्रमण गरेको नयाँ तथ्य फेला परेको बताएका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा मिचेको विषय आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका हुन्। 

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भारतले नेपालको लिपुलेक र लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए। उक्त प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सीमा विवाद दुवैतर्फबाट भएको दाबी गरे।

"तपाईँहरूलाई अचम्म लाग्छ होला, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ," प्रधानमन्त्री शाहले भने, "यो कुरा भर्खरै थाहा पायौँ। त्यसैले दुई देश बसेर छलफल गर्छौं।"

जेठ १७, २०८३ आइतबार १४:४८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।