लिपुलेक–लिम्पियाधुराको विवाद समाधानका लागि डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइएको छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले लिपुलेक–लिम्पियाधुराको विवादबारे टेबलटक मार्फत समाधान गर्ने जानकारी गराएका छन्।
आज प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सो जानकारी गराएका हुन्।
एमालेको तर्फबाट सांसद पद्मा अर्यालले लिपुलेक लिम्पियाधुराबारे भारत र चीनले गरेको नयाँ समझदारीबारे सरकारको धारणा मागेकी थिइन्। त्यसको जवाफमा प्रधानमन्त्री यो विषयमा सरकारले दुवै देशलाई कुटनीतिक नोट दिइसकेको र भारतले यसको जवाफ पनि दिएको जानकारी दिएका हुन्।
उनले भने,‘लिपुलेक लिम्पियाधुराकोको विषयमा सरकारले अफिसियल रुपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइएको छ। जवाफ पनि आएको छ। जवाफमा दुबै देशका सरकारले आफ्नो इतिहास विद्हरु राखेर र आफ्नो भूमिसम्बन्धी जानकारी भएकाहरुलाई राखेर टेबलटक मार्फत यो कुराको समाधान गर्ने कुरा भएको छ। यसमा भारत र चीन मात्र नभएर ईंग्ल्यान्ड सरकारसँग पनि कुरा गर्ने छौं । छलफल गरेर सरकारले यो विषयमा समाधान निकाल्ने छौं ’
जेठ १७, २०८३ आइतबार १४:२१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।