हवाई इन्धनको मूल्य दोब्बरले वृद्धि, वायुसेवा कम्पनीहरूद्वारा नयाँ भाडा दर समायोजन

हवाई इन्धनको मूल्य दोब्बरले वृद्धि, वायुसेवा कम्पनीहरूद्वारा नयाँ भाडा दर समायोजन

काठमाडौं : आन्तरिक हवाई इन्धनको मूल्य दोब्बरले बढेसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडा दर बढाएका छन्।

निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर एक हजार २४० बाट बढाएर दुई हजार ५११ रुपैयाँ कायम गरेको छ।

हवाई इन्धनको मूल्य वृद्धिका कारण वायुसेवा संचालित संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गर्ने भएका हुन्।

संघका प्रवक्ता मुरलीधर जोशीका अनुसार, हवाई इन्धनको मूल्य बढ्दा यात्रुहरूको भाडा दर पनि तत्काल समायोजन गरिने अभ्यास हुँदै आएको छ। 

यात्रुहरूले नयाँ हवाई भाडा दर लागू हुने विवरण आफ्ना उडानको टिकट बुकिङ वा एयरलाइन वेबसाइटमार्फत थाहा पाउन सक्ने जनाइएको छ।

‘हवाई इन्धनको मूल्य बढ्दा वा घट्दा भाडा दर तत्कालीक रूपमा समायोजन गरिने प्रचलन छ। यसले यात्रुहरूमा पर्न सक्ने असुविधा प्रति हामी क्षमायाचना गर्दछौं,’विज्ञप्तीमा उल्लेख गरिएको छ।

चैत १८, २०८२ बुधबार १६:४८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।