अनुशासन उल्लंघनको आरोप लागेकालाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन कांग्रेसको निर्देशन

अनुशासन उल्लंघनको आरोप लागेकालाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन कांग्रेसको निर्देशन

काठमाडौं : नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोप लागेका नेता तथा कार्यकर्ताहरूलाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

बुधबार बसेको नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो। 

‘छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लंघन गरिएको भनी आरोप लागेका व्यक्तिबाट ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय भएको छ,’ अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए।

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन –२०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेको भए चैत्र मसान्तभित्र उजुरी पठाउन समेत निर्देशन दिएको गुरुङले बताए।

उनले भने,‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेका भए सोको उजुरी चैत्र मसान्तभित्र नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गर्छ।’

चैत १८, २०८२ बुधबार १६:२५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।