सभामुखको निर्वाचन चैत २२ गते हुने
काठमाडौं : प्रतिनिधिसभाको सभामुखको निर्वाचन २२ गते हुने भएको छ।
आज बसेको सर्वदलीय बैठकमा २२ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले बताइन्।
उनले भनिन् ‘२२ गते सभामुखको निर्वाचन गरेर पदबहाली नै गर्ने भन्ने छ। अहिले सम्म को बन्ने त्यो कुरा भएको छैन।’
यसैगरी सर्वदलीय बैठकमा प्रतिनिधिसभाको बैठक सुचारु गर्न सम्बन्धित विषयमा पनि छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।
उनले भने, ‘प्रतिनिधिसभाको बैठक सुचारु गर्न सर्वदलीय बैठकमा छलफल गरियो। यसमा कुनै दलले विशेष प्रस्ताव भने राखेको छैन। तर प्रतिनिधिसभाको बैठक सुचारु हुने देखिएको छ।’
चैत १८, २०८२ बुधबार १६:०२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।