७४ अंक घट्यो सेयर बजार, १२ अर्ब १० करोडको कारोबार

७४ अंक घट्यो सेयर बजार, १२ अर्ब १० करोडको कारोबार

काठमाडौं : बुधबार सेयर बजार उच्च अंकले घटेको छ। अघिल्लो दिन १९.७० अंकले बढेको नेप्से आज फेरी घटेको हो।

नेपाल स्टक एक्सक्चेञ्ज (नेप्से) ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा पुगेको छ। 

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। आज १२ अर्ब १० करोडको कारोबार भयो। मंगलबार ११ अर्ब ११ करोडको कारोबार भएको थियो।
 
१३ कम्पनीको मूल्य बढ्यो भने २५५ को घट्यो।

बजारका सबै समूहगत उपसूचक घटेका छन्। अन्य समूह सबैभन्दा धेरै ५.२६ प्रतिशत घट्यो। 

त्यस्तै बैंकिङ २.३१, विकास बैंक ३.१८, फाइनान्स ३.०३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर २.८१, लगानी २.६७, जीवन बीमा २.०२, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स १.९९, निर्जीवन बीमा २.२२ र व्यापार समूह ३.९६ प्रतिशत घटे।

रिलायन्स स्पिनिङ मिल्स र सुपरखुदी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावरको ९.९९ र होटल फरेस्ट इनको मूल्य ९.९९ प्रतिशत बढ्यो।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी छन्।

चैत १८, २०८२ बुधबार १५:५१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।