बुधबार १८ चैत, २०८२
महाकाली नदीमा नुहाउने क्रममा एक वृद्ध बेपत्ता, एक महिलाको शव फेला
बैतडी : महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उनी आज बिहान बेपत्ता भएका हुन्। बेपत्ता चन्दको खोजी कार्य जारी छ।
यसैबीच, पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखानकी ५१ वर्षीया विन्दुदेवी साउदको शव सोमबार महाकाली नदीको किनारमा फेला परेको छ।
चैत १८, २०८२ बुधबार ११:५८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।