बुधबार १८ चैत, २०८२
सुनको मूल्य तोलामा सात हजार चार सय र चाँदी एक सय रुपैयाँ महंगियो
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।
आज सुनको मूल्य तोलामा सात हजार चार सय र चाँदीमा एक सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ९७ हजार छ सयमा कारोबार भइरहेको छ। मंगलबार दुई लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदी भने तोलामा चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरेको छ। सोमबार चाँदी चार हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
चैत १८, २०८२ बुधबार ११:१९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।