घुससहित रौतहट जिल्ला अदालतका डिट्ठा नियन्त्रणमा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत गौरमा कार्यरत डिट्ठा लवकुमार सिंहलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार अदालतको फैसला बमोजिम जग्गाको दाखिल खारेज पुर्जी गरी जग्गा फुकुवा गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेका थिए। सोही सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिइएको हो।
सिंहलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र एक थान मोबाइलसहित मंगलबार गौर नगरपालिका वडा नं. १ स्थित अदालत परिसरबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
नियन्त्रणमा लिइएका सिंहमाथि थप अनुसन्धान भइरहेको उनले जनाएका छ।
चैत १७, २०८२ मंगलबार १८:००:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।