रास्वपाबारे बादलको टिप्पणी : भ्रम र स्टन्टको जगमा उभिएको अराजक जमात
काठमाडौं : एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा 'बादल' ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड भएको टिप्पणी गरेका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता थापाले रास्वपा कुनै सिद्धान्त नभई केवल 'भ्रम र विरोधाभास' को उपज भएको टिप्पणी गरे।
"रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन। यो आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड हो,’ बादलले भने, ‘यो दार्शनिक रूपमा सारसंग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदले जगमा अडेको छ। यो चरम अवसरवादी र अस्थिर प्रवृतत्ति हो।"
बादलले रास्वपाको उदयलाई 'ग्लायमर र स्टन्टको आकर्षक कला' को संज्ञा दिए।
‘यो रूपमा अत्यन्तै प्रिय देखिन्छ, तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ,’ उनले अगाडि थपे, ‘यो भ्रम र विरोधाभाषको दर्शन हो। यो ग्ल्यामर र स्टन्टको आकर्षक कला पनि हो।’
बादलले पनि लिपुलेक नजोगाउने तर सुकुम्बासी बस्तीमा बल देखाउने भन्दै आलोचना गरेका छन् ।
बादलले संसदमा भने, "देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो।"
बादले थप प्रन गरे, ‘लिपुलेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दै छ ?’
बादलले लिपुलेक, टीओवी काण्डबारे नीति तथा कार्यक्रम चुपचाप भएको, ऋण लिएर विकास हुँदैन भन्नेहरूले किन ऋण लिइरहेका छन् भन्दै दर्जनौँ प्रश्न गरे।
वैशाख २९, २०८३ मंगलबार १६:४३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।