दार्चुलामा भूकम्प गयो

दार्चुलामा भूकम्प गयो

काठमाडौं : आइतबार दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।

दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, दिनको ११:५५ बजे दार्चुलाको तपोवन आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो।

वैशाख २७, २०८३ आइतबार १२:३७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।