काठमाडौँबाट विराटनगर जाँदै गरेको बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

काठमाडौँबाट विराटनगर जाँदै गरेको बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

धनुषा : काठमाडौंबाट विराटनगर जाँदै गरेको बस धनुषामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

आइतबार बिहान बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस पूर्व–पश्चिम सडकखण्डअन्तर्गत धनुषाको मिथिला नगरपालिका-९, फुटबल ग्राउन्ड नजिक बस दुर्घटना भएको हो।

अर्को बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बस सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ यात्रु रहेकामा चालकसहित १७ जना घाइते भएका हुन्। घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।

वैशाख २७, २०८३ आइतबार ११:०६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।