एमालेले गठन गर्‍यो २१ सदस्यीय ‘बोर्ड’

एमालेले गठन गर्‍यो २१ सदस्यीय ‘बोर्ड’

काठमाडौं : एमालेले संसदीय दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ।

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दललाई थप व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यले उक्त बोर्ड गठन गरेको हो।

एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा ६ जना पदाधिकारी र १५ जना सदस्य रहने गरी २१ सदस्यीय संरचना तयार गरिएको छ। पदाधिकारीहरूमा संसदीय दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक रहने छन्।

बाँकी १५ सदस्यका रूपमा प्रतिनिधि सभाका १०, राष्ट्रिय सभाका ४ र संयुक्त समितिका २ गरी कुल १६ वटा संसदीय समितिमा एमालेको तर्फबाट नेतृत्व गर्ने सांसदहरूलाई समावेश गरिएको छ। दलको आन्तरिक परिचालन र संसदीय गतिविधिलाई पद्धतिगत रूपमा अघि बढाउन यो बोर्डले महत्त्वपूर्ण कार्य गर्ने एमालेको भनाइ छ। 

वैशाख २६, २०८३ शनिबार १८:२३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।