कोलकाताको ‘रेड लाइट एरिया’बाट उद्धार गरिएका दुई बालिकालाईलाई नेपाल ल्याइयो

कोलकाताको ‘रेड लाइट एरिया’बाट उद्धार गरिएका दुई बालिकालाईलाई नेपाल ल्याइयो

काठमाडौं : भारतको कोलकाताको ‘रेड लाइट एरिया’ सोनागाछीबाट भागेका दुई जना नेपाली बालिकाको उद्धार गरी काठमाडौं ल्याइएको छ।

नुवाकोट घर भएका १४ र १५ वर्षका ती दुई बालिकालाई दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था 'किन इन्डिया' को संयुक्त पहलमा उद्धार गरिएको हो।

दिल्लीस्थित नेपाली दूतावासले भारतको प्रशासन तथा सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उनीहरूलाई ओडिसाको राजधानी भुवनेश्वरबाट उद्धार गरिएको किन इन्डियाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए।

‘१४–१५ बर्षका उनीहरु नुवाकोट जिल्लाका हुन्। उनीहरुलाई शुक्रबार काठमाडौंस्थित महिला, वालवालिका तथा ज्येष्ठ मन्त्रालय, वाल अधिकार परिषद, नेपाल प्रहरी मानव वेचविखन अनुसन्धान परिषदलगायतका निकायहरुको उपस्थितिमा नेपाल सरकारलाई जिम्मा लगाएका छौं,’ जोशीले भने।

उनीहरुका विषयमा थप अनुसन्धान गर्ने, पालनपोषण गर्ने साथै उनीहरुको भविष्यका लागि आवश्यक समन्वयन गर्ने विषयमा पनि छलफल भएको जोशीले बताए।

जोशीका अनुसार भारतमा सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई उद्धार गरी ल्याइएको हो। ‘दुवै जना मानसिक र शारीरिक रूपमा कमजोर छन्। उनीहरूको स्वास्थ्य परीक्षण र आराम चाहिएको छ,’ जोशीले भने।

 

वैशाख २६, २०८३ शनिबार ११:२३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।