काठमाडौंमा एकैदिन २१ सय चालक कारबाहीमा, २६ लाख राजस्व संकलन
काठमाडौं : काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने २दुई हजार एक सय पाँच जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीको यस कारबाहीबाट राज्यकोषमा कुल २६ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९३, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ७९ र अन्य सवारी नियम पालना नगरेका एक हजार १६४ जनालाई कारबाही गरिएको हो।
वैशाख २४, २०८३ बिहीबार १०:१८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।