दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं : विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई १२ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ। 

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसूरमा पक्राउ परेका उनीहरुको सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ।  

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धान कार्य जारी राख्न म्याद थपको अनुमति दिएको हो। 

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको छैटौँ पटक म्याद थप भएको हो भने व्यवसायी भट्टको हकमा पाँचौँपटक म्याद थप भएको हो।
 
"यस अदालतमा उपस्थित गराइएका अभियुक्तहरु दीपक भट्ट-१ को हकमा पाँचौँ र सुलभ अग्रवालको हकमा छैठौँ पटक म्याद थप हुने गरी मुद्दाको अनुसन्धान तहकिकात गर्न उक्त ऐनको दफा १७ (४) बमोमजिम २३ गतेदेखि लागू हुने गरी १२ दिनको म्याद थप गरिएको छ," आदेशमा भनिएको छ। 

सम्पत्ति शुद्धीकरण विभागले  नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते र चैत २२ गते शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गरेको थियो।

वैशाख २३, २०८३ बुधबार १६:२७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।