बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
बाजुरा : बाजुरामा चट्याङ लागेर एक जना वृद्धको मृत्यु भएको छ।
बूढीनन्दा–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिए।
आइतबार पशु चौपाया चराउन गएका बेला बुढालाई चट्याङ लागेको थियो। चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोल्टीस्थित आधारभूत अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
वैशाख २१, २०८३ सोमबार १३:३१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।