संविधानमा चित्त नबुझेका कुरा संशोधन गर्न सकिन्छ : अर्थमन्त्री डा. वाग्ले

संविधानमा चित्त नबुझेका कुरा संशोधन गर्न सकिन्छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन्। 

बिहीबार बसेको अन्तर-सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा उनले संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन्।

उनले संविधानका केही प्रावधानप्रति असन्तुष्टि भए पनि ती विषय संविधानभित्रै उल्लेखित धाराहरूको आधारमा संशोधन गर्न सकिने बताए।

उनले भने, "अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ। संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन हाम्रो दायित्व हो। चित्त नबुझेको कुराहरू वा संविधानमै लेखेका धाराहरूमा सुधार गरौं भन्ने कुरामा पार्टीले विचार गर्छ।"

उनले चालु आर्थिक वर्षमा करिब १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेको जानकारी दिए। तर आन्तरिक तथा बाह्य कारणका कारण उक्त लक्ष्य हासिल गर्न चुनौतीपूर्ण अवस्था उनले बताए।

उनले भने, "राजनीतिक स्वार्थ समूहहरुबीचको गठजोडले सिंगो देश नै बन्धक बन्यो। त्यसैले सरकारले एक्सन लिइरहेको छ। तर सबैलाई समान नियम लागू होस भन्ने चाहन हो। दुई चार जना व्यापारी र राजनीति गर्ने व्यक्तिले सिंगो देशलाई बन्धक राख्ने र युवा पुस्ताको आशालाई बन्धक गराउने कामलाई चिर्न खोजेका हौं।"

वैशाख ३, २०८३ बिहीबार १५:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।