वर्षको अन्तिम दिन सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम साढे ८ अर्बमा खुम्चियो

वर्षको अन्तिम दिन सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम साढे ८ अर्बमा खुम्चियो

काठमाडौं : २०८२ सालको अन्तिम कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ। आज नेप्से ४.१८ अंकले घटेर २८३३ विन्दुमा कायम भएको छ।

कारोबार रकम पनि केही घटेको छ। आज ८ अर्ब ६६ करोड ५५ लाखको कारोबार भयो। अघिल्लो दिन आठ अर्ब ९९ करोड ३२ लाख कारोबार भएको थियो।

१०५ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने १२ को स्थिर रह्यो।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढ्यो। हाइड्रोपावर ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४० र निर्जीवन बीमा २.९४ प्रतिशत बढे। 

बैंकिङ ०.४७, विकास बैंक ०.५५, फाइनान्स ०.२९, जीवन बीमा ०.४६, माइक्रोफाइनान्स ०.४२,  तथा व्यापार ०.२१ र अन्य समूह १.६२ प्रतिशत घटे।

६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सकारात्मक सर्किट लागेको छ। सुपरखुदी हाइड्रोपावर,सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटेल फरेष्ट इन र पाल्पा सिमेन्ट १० प्रतिशतले बढे भने  रिजलाइन इनर्जी ९.९९, शिखर पावर डेभलपमेन्ट ९.९८ र मेन्चियाम हाइड्रोपावर ९.०१ प्रतिशतले बढे।

आज धेरै कारोबार भएका कम्पनीमा नेशनल हाइड्रोपावर, रिडी पावर रिलायन्स स्पिनिङ मिल्स,  आँखु खोला र एसवाई प्यानल छन् ।

चैत ३०, २०८२ सोमबार १५:२७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।