सोमबार ३० चैत, २०८२
उपसभामुख ठाकुरले गरिन् पदभार ग्रहण
काठमाडौं : प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी ठाकुरले सोमबार पदभार ग्रहण गरेकी छन्।
यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन्।
उपसभामुख ठाकुरले आजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन्। सभामुख अर्यालले उपसभामुख अर्याललाई बधाई र शुभकामना दिएको सभामुखको सचिवालयले जनाएको छ।
चैत ३०, २०८२ सोमबार १४:३६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।