कोरला नाकातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालक घाइते
मुस्ताङ : काठमाडौंबाट पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरला नाकातर्फ जाँदै गरेको ग१च २२५५ नम्बरको ‘टोयटा हायस जिप’ दुर्घटना भएको छ।
दुर्घटनामा परी काठमाडौँ तारकेश्वर नगरपालिका–५ टोखा का जिप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन्। जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ।
कोरलानाका नजिकै अनियन्त्रित भई आज बिहान जीप दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए।
उनका अनुसार कोरलानाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो। घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरलानाकाबाट उद्धार गरी जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।
चैत ३०, २०८२ सोमबार १३:३५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।